विराटनगर । जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको मुद्दामा पक्राउ गरेकामध्ये २८ जनालाई थुनामा राख्न आदेश दिएको छ ।
संगठित अपराध निवारण ऐन दफा ४१ र मुलुक ऐन तफा ११८ को २ को ऐनअनुसार २८ लाई थुनामा राख्न आदेश दिएको छ भने दुई जना तारेखमा छुटेका छन् ।
पुर्पक्षका लागि थुनामा पर्नेमा एसएसपी विदेश लोहनीदेखि एसपी विकासराज खनाल छन् । त्यस्तै डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायतलाई थुनामा राख्न आदेश दिइएको छ ।
तारेखमा छुट्नेमा प्रहरीका दुई जवान विष्णुबहादुर खड्का र अमरबहादुर थापा रहेका छन् ।
गोरे भनिने चुडामणि उप्रेतीको समूहले ०७० साल यता ३८ क्वीन्टल सुन तस्करी गरेर नेपाल भित्राएको बताइएको छ । मोरङमा भएको सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले सुन काण्डको जरो फेला पारेको हो । प्रहरीले आजै चुडामणि उप्रेतीलाई पक्राउ गरेर थुनामा राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया