भारतको दक्षिण प्रान्त केरलामा निपाह भाइरस फैलिँदा १० जनाको मृत्यु भएको छ । सो भाइरसबाट संक्रमित दुईजनाको स्थिति नाजुक रहेको र उनीहरुको अस्पतालमा उपचार भईरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार प्रारम्भिक अवस्थामा यो भाइरस पहिचान गर्न एकदमै गाह्रो छ । यस भाईरसको संक्रमण भएकाहरुमा ज्वरो आउने, वाक्वाक् लाग्ने, टाउको दुख्ने जस्ता लक्षणहरु देखिन्छन् ।
विश्व स्वास्थ्य संगठनले तयार पारेको ‘प्रकोपको सम्भावना रहेका १० रोग’ मध्ये निपाह भाइरस पनि एक हो ।
नेपालका तराईका जिल्लामा ताडि खाने चलन रहेकोमा सो को प्रयोग नगर्न चिकित्सकले सुझाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया