साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ

काठमाडौं : ३३ किलो सुन तस्करी काण्डका नार्इके गोरे भनिने चुडामणी उप्रेतीलार्इ नेपाल प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीको उच्च स्रोतका अनुसार गोरे अहिले प्रहरी नियन्त्रणमा छन् । 

४ जनाको हत्या र दर्जनाैं प्रहरी अधिकारीहरूलार्इ अनुसन्धानको घेरामा तानेको सुनकाण्डका मूख्य अभियुक्तका रूपमा गोरेबिरूद्द जिल्ला अदालत मोरङमा मुद्दा परेको छ ।

उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?