चेक गणतन्त्रमा आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गरिने

लोकपथ
154
Shares

पाराग्वे । कोरोना भाइरसबाट सङ्क्रमित भएका चेक गणतन्त्रका राष्ट्रपतिले आइतबार मात्रै नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । अस्पतालमा रहेका राष्ट्रपति मिलोस जेमान शनिबार अस्पतालबाट निवासमा फर्कने अस्पतालले जनाएको छ ।

अस्पतालबाट घर फर्किएकै भोलिपल्ट उनले उदारवादी नेता पेट्रो फियालालाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने भएका हुन्।

उनका प्रवक्ताले शुक्रबार दिएको जानकारी अनुसार बाम झुकाव राख्ने ७७ बर्षीय राष्ट्रपति जेमान गत अक्टोबर १० मा अस्पताल भर्ना भएका थिए ।

आम निर्वाचन भएको भोलिपल्ट उनी अस्पताल भर्ना भएका हुन् । उनलाई कलेजोसम्वन्धी समस्या समेत रहेकाले चिकित्सकहरुले उनलाई यति लामो समयसम्म अस्पतालमै राखेका हुन् ।

उनलाई भर्ना गरिएको पाराग्वे सैनिक विश्वविद्यालय अस्पतालले गत विहिबार वक्तव्य जारी गर्दै उनी चाडै नै घर फर्किन सक्ने जनाएको थियो ।

स्थानीय समय अनुसार आगामी आइतबार विहान ११ बजे फियालालाई जेमानले प्रधानमन्त्रीमा नियुक्त गर्ने कार्यक्रम तय भएको छ ।

चेक गणतन्त्रमा कोरोनाभाइरसको सङ्क्रमण देखिएका सवैलाई कम्तीमा १४ दिन आइसोलेसनमा राख्ने नियम लागु गरिएको छ ।

राष्ट्रपति जेमानले कोरोनाभाइरस विरुद्धको तीन ओटा खोप लगाएपनि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले लक्षण देखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?