दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा निधन

लोकपथ
70
Shares

काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु-ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गम्भीर प्रकारको दीर्घ रोगबाट पीडित चुनको स्थानीय समय अनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो ।

पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?