ढाका । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।
यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।
अधिकारीहरुले यहाँ ठूलो संख्याका नागरिकलाई खोप लगाइएको र बंगलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको संक्रमण हुने दर र मृत्यु दर पनि घटेको पाइएको छ ।
यहाँ शनिबार भन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै संख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया