राष्ट्रपतिकी छोरीले उपराष्ट्रपतिमा उम्मेदवारी दिने

लोकपथ
413
Shares
Philippine President Rodrigo Duterte (L) and his daughter Sara Duterte arrive for the opening of the Boao Forum for Asia (BFA) Annual Conference 2018 in Boao, south China’s Hainan province on April 10, 2018. The BFA annual conference 2018 takes place between April 8-11. / AFP PHOTO / – / China OUT / The erroneous mention[s] appearing in the metadata of this photo by – has been modified in AFP systems in the following manner: [daughter Sara Duterte] instead of [wife Honeylet Avancena]. Please immediately remove the erroneous mention[s] from all your online services and delete it (them) from your servers. If you have been authorized by AFP to distribute it (them) to third parties, please ensure that the same actions are carried out by them. Failure to promptly comply with these instructions will entail liability on your part for any continued or post notification usage. Therefore we thank you very much for all your attention and prompt action. We are sorry for the inconvenience this notification may cause and remain at your disposal for any further information you may require. (Photo credit should read -/AFP via Getty Images)

फिलिपिन्स । फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्ने भएकी छिन् । बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्ने भएकी हुन् ।

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिश्पर्धा गर्न लागेकी निर्वाचन आयोगले जनाएको छ । देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकी आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

“सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिश्पर्धा गर्न आवश्यक कागजपत्रहरु आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिश्पर्धा पर्ने निश्चित भएको छ,” आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भनेका छन् ।

उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।

उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन् ।

आफुले जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफुलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?