काठमाडौं । डुंगा दुर्घटना हुँदा लोकतान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा ४० जना बेपत्ता भएका छन् ।कंगोको किभु प्रान्तमा बिहीबार बिहान डुंगा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनास्थलबाट ५७ जनालाई जिवितै उद्धार गरिएको छ भने आठ जनाको शव निकालिएको छ ।
दुर्घटनामा परेको डुंगामा १२० जना यात्रु रहेका थिए । हराएकाहरुको खोजी कार्य भइरहेको पनि अधिकारीहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया