काठमाडाैं : प्रधानसेनापति राजेन्द्र क्षेत्री ३ दिने भ्रमण गर्न पाकिस्तान जान लागेका छन् ।
पाकिस्तानी समकक्षी जनरल जुबार्इर मोहम्मदको निमन्त्रणामा क्षेत्री मंगलबार पाकिस्तान जान लागेका हुन् ।
अघिल्लो महिना पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासीले नेपाल भ्रमण गरेका थिए । यस्तै, गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाएका थिए । पाकिस्तानी र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलगत्तै नेपालका सेनापतिको पाकिस्तान भ्रमणलार्इ अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया