म्याग्दी :अार्इतबार बेलुकी परेको भीषण बर्षाले म्याग्दीको तातोपानीमा २ वटा घर पुगेको छ । अन्नपूर्ण गाउँपालिका-२, भुजुङमा पर्ने तातोपानीका स्थानीयबासी लटे गिरी र बालकृष्ण मिजारको घर बाढीले पुरेको हो ।
भुजुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य ९ वटा घरमा समेत क्षति पु¥याएको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् ।
यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि सवारी आवागमन ठप्प भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया