पाकिस्तानी अधिकारकर्मी तथा नोबेल पुरस्कार विजेता मलाला वैवाहिक बन्धनमा

लोकपथ
119
Shares

चर्चित पाकिस्तानी अधिकारकर्मी तथा नोबेर शान्ति पुरस्कार विजेता मलाला यूसुफजई वैवाहिक बन्धनमा बाँधिएकी छिन् । २४ वर्षीया उनले बेलायतमा बालपनका साथी समेत रहेका असर नाम गरेका युवासँग विवाह गरेकी हुन् ।

मलालाले सोसल मिडियामार्फत विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् भने जसमा उनका अभिभावक पनि देखिएका छन् ।
मलालाले लेखेकी छिन् – आज मेरो जीवनको एक अनमोल दिन हो । असर र म जीवनभर एकअर्कोको साथ रहनको लागि वैवाहिक बन्धनमा बाँधिएका छौँ । हामीले बर्मिंघममे आफ्नो अभिभावका साथ एक सानो वैवाहिक कार्यक्रम गर्यौँ । हामी आगामी यात्राका एकअर्काको साथ अघि बढाउन उत्साहित छौँ । हामीलाई तपाईँहरुको शुभकामनाको आवश्यकता छ ।

महिलाको पढाइको लागि आवाज उठाउने मलालमाथि सन् २०१२ मा तालिवानको आक्रमण भएको थियो ।

दैनिक भास्कर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?