सोलुखुम्बू । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिमप्राप्त टोली खटिएको छ । ६ हजार ७८३ मिटर उचाइमा पर्ने खांतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिमप्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
उनकाअनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ । सो टोलीले सोमबारदेखि काम सुरु गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए । आइतबार मौसम प्रातिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको उनको भनाइ छ ।
होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिमार्फत तीन जना बेपत्तासहित आठजना टोली माउन्ट खांतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला आएको थियो । तीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक बेपत्ता छन् । कोरोनाको जोखिम कम भएसँगै खुम्बु क्षेत्र भ्रमणमा आउने क्रम बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया