काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार (आज) का लागि इजलास तोकेका छन् ।
न्यायालय विवादका न्यायाधीशहरुको असन्तुष्टीकाबीच आजका लागि बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी तोकेका हुन् ।
प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा न्यायाधीश कुमार चुडाल बसेका छन् । उनले बन्दी प्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् । तर अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् ।
प्रधानन्यायाधीशले आफैँलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसअघि न्यायाधीशहरुसँगको छलफलमा प्रधानन्यायाधीश आफू इजलास नबस्न सहमत भएपनि आज आफ्नोसहित ६ वटा इजलास तोकेका हुन् ।
बहुमत न्यायाधीशले प्रधानन्यायाधीशमाथि प्रश्न उठेकाले राजीनामाको माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् । यसैगरी नेपाल बार एसोसिएसन पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया