आज ७ मुद्दा पेसीमा, प्रधानन्यायाधीश जबराले आफ्ना लागि पनि तोके इजलास

लोकपथ
175
Shares

काठमाडौं । राजीनामाको दबाब थेग्दै आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार ६ वटा इजलास तोकेका छन् । जसमा जबराले आफूसहित कुमार चुडालको पूर्ण इजलास पनि राखेका छन् । यद्यपि आफ्नो इजलासमा जबराले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै पेसीमा राखेका छन् ।

आज जम्मा ७ मुद्दा पेसीमा चलाइएको छ भने सबै मुद्दा बन्दी प्रत्यक्षीकरणको रहेको छ । राणाले यसअघि न्यायाधीशहरुसँग भएको भद्र सहमतिविपरित पेसी तोकका हुन् । न्यायाधीशहरुले यसअघि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको पेसी तोक्न नहुने र प्रधानन्यायाधीश जबरा इजलासमा बस्न नहुने सर्त राखेका थिए । सो सर्त मानेका राणाले आज पेसी तोक्दा भने पुनः अवज्ञा गरेका हुन् ।

यसैबीच प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् । उनीहरुले कालो ब्यानरसहित प्रदर्शन थालेका हुन् । उनीहरुले सर्वोच्चअघि धर्ना समेत दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?