मुस्ताङ (मुक्तिनाथ) : तीर्थाटनका क्रममा मुस्ताङ पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथबाट शालीग्राम लैजाने भएका छन् । बिहान करिब साढे ६ बजे मुस्ताङ पुगेका मोदीलार्इ बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालीग्राम उपहार दिने भएका हुन् ।
मोदीले मुक्तिनाथ मन्दिरमा पुजाअाजा गरेका छन् । उनी १ घण्टा मुक्तिनाथमा बस्नेछन् र जोमसोम पुगेर काठमाडाैं फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया