काठमाडाैं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधिले भारतीय सांसद किर्ती अाजाद सिंगो नेपाल, मधेश र प्रदेश नम्बर २ को दुश्मन भएको बताएका छन् ।
जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने किर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर,२नं प्रदेश,मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं।त्यो सोच दुवै देशको अखण्डताकोलागि खतरा हो।
मोदी र ओली दुवै सरकारले तुरन्त आवश्यक कार्यबाही गरेर सार्वजनिक गरोस्।नत्र हामी बर्दास्त गर्दैनौ।— Bimalendra Nidhi. (@BimalendraNidhi) May 12, 2018
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणक्रममा किर्ती अाजादले नेपालको मिथिला क्षेत्र र जनकपुरलार्इ भारतमा गाभ्नुपर्ने भन्दै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका थिए ।
आदरणीय @narendramodi जी, जनकपुर धाम, मिथिला की राजधानी में आपका स्वागत है। दो सौ साल पहले अँग्रेजों और नेपाल क बीच हुई संधि जिसमें मिथिला के भाग को नेपाल को दिया गया समाप्त हो गया है। अनुरोध है इसे वापस लेँ और माँ सीता का आदर करते हुए मिथिला राज्य का गठन करें। @NitishKumar
— Kirti Azad (@KirtiAzadMP) May 11, 2018
अाजादको बिरोध गर्दै मिथिला केन्द्र जनकपुरका स्थानीय एवं नेपाली कांग्रेसका नेता निधीले किर्ती अाजाद नेपाल र भारत दुवै देशको अखण्डताका लागि खतरा रहेको जनाएका छन् । भारतीय सांसद कृतिलार्इ दुवै सरकारले तुरन्त अावश्यक कारबाही गर्नुपर्ने माग पनि निधीको छ ।
नेपालको मिथिला क्षेत्रलार्इ भारतमा गाभ्नुपर्ने तर्क राख्ने अाजाद नरेन्द्र मोदीकै पार्टी भाजपाका सांसद हुन् । उनी भाजपाका तर्फबाट २ पटक लोकसभा सदस्य भर्इसकेका व्यक्ति हुन् । उनी बिहारका पूर्वमुख्यमन्त्री भागवत झा अाजादका छोरा हुन् भने १९८३ मा भारतको विश्वकप विजेता क्रिकेट टोलीका सदस्य पनि हुन् ।
अाजादले २ सय बर्षअघि भएको नेपाल र अंग्रेज सम्झाैताका क्रममा मिथिला नेपाललार्इ दिर्इएको र अब त्यसलार्इ फिर्ता गरेर भारतमै मिथिला राज्य बनाउनुपर्ने कुरा ट्वीटरमा लेखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया