जे.पी.उदास
रौतहट । तस्करीमा बदनाम भएको रौतहट जिल्लाका अन्य नाका मध्ये लक्ष्मीपुर बेलविछवा नाका तस्करीका लागि अहिले मुख्य नाकाका रुपमा परिचित भएको छ ।
भारतीय बजारबाट प्रतिबन्धीत सामग्रीहरु नेपालमा भित्रयाईने तथा नेपाली बजारबाट भारतका लागि प्रतिवन्धी पदार्थहरु भारतिय बजारमा भित्राउने कार्य अहिले उक्त नाकाबाट दिन रात भई रहेको प्रमाणहरु फेला पर्न थालेको छ ।
बिहीबार नै नेपालबाट भारत तर्फ लग्दै गरेको १० लाख ६६ हजार ५ सय मुल्य बराबरको २३ सय ७० बोतल सौफी मदिरा सहित भारतीय एसएसबी बैरगनीयाको टोलीले तस्कर समेतलाई पक्राउ गरेको छ ।
एक जना मदिरा तस्कर पक्राउ परेका छन भने सोही क्षेत्रमा एक दर्जनभन्दा बढी तस्कर फरार भएका छन ।
असिस्टेन्ट कमान्ड अमरनाथ गुप्ताले नेपालको रौतहट जिल्लाका राजदेवी नगरपालिकाका वडा नं ९ ब्रहम्पुर टोलको भइ सिमा पारी भएर भारतीय बजारमा भित्र्याउन लागेको दर्जनौं तस्करहरूले टाउको माथि सौफीको कार्टनु बोकेर पार्न गर्न खोज्ने क्रममा लक्ष्मीपुर बेलबिछवा सीमावर्ती क्षेत्रमा गस्ती गरिरहेका एसएसबी जवानहरूले एक जना तस्करलाई पक्राउ गर्नु वितिकै अरू तस्कर कार्टुन छोडी फरार भएको बताएका छन । यस्तै यस अघि पनि बैरगनिया प्रहरीले सौफी सहीत एक जनालाई केहि दिन अगाडि मात्र पक्राउ गरि सितामढी चलान गरेका थिए ।
ने
पाल सरकारको लाखौं तलब भाता खाई बसेका सशस्त्र प्रहरी सिमा सुरक्षा बलका प्रमुख एवम उनका सहपाठीहरु तथा नेपाल प्रहरीका सहपाठीहरुकै मिलोमतोमा यस्ता कार्यहरु भइरहेको स्थानियबासीहरुको आरोप रहेको छ ।
अर्को तर्फ एक साता अघि मात्रै रौतहट आउनु भएका प्रमुख जिल्ला अधिकारी गोविन्द्र प्रसाद रिजालले बुधबार संचारकर्मीहरुसंगको अन्र्तक्रियामा आफु गलत कार्यहरुको घोरविरोधी रहेको र गलत गर्ने जो सुकैलाई पनि कार्यवाही गर्ने प्रतिक्रिया दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया