काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।
यस अघि उपराष्ट्रपतिको कार्यालय पुगी मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटवार्ता गरेका थिए ।
शुक्रबार दुई दिने राजकिय भ्रमणका लागि भारतको पटनाबाट सिँधै जनकपुर आएका मोदी जनकपुरमा नागरिक अभिनन्दन सकेर दिउँसो काठमाडौंका आइपुगेका थिए ।
काठमाडौं सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनरले सम्मान गरिएको थियो । त्यस क्रममा नेपाली सेनाले २१ तोपको सलामी चढाएका थियो ।
पुनसँगको भेटपछि मोदी सिँधै राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।
राष्ट्रपतिको भेटवार्तापछि मोदीले होटेल द्वारीकाजमा विभिन्न राजनीतिक भेटवार्ता गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया