काठमाडौं । अमेरिकी निजी रोजगारदाताद्वारा अक्टोबरमा पाँच लाख ७१ हजार नयाँ अवसर प्रदान निजी व्यवसायीहरूले गत महिना पाँच लाख ७१ हजार मानिसहरूलाई रोजगारीका लागि प्रतिवद्धता जनाएका पेरोल सेवा फर्म (एडीपी) ले बुधबार जानकारी गराएको छ ।
यो कोभिड–१९ को डेल्टा लहरबाट प्रभावित बनिरहेका समय अमेरिकी अर्थव्यवस्थामा राहतको एक नवीनतम संकेत हो ।
निजी क्षेत्रको यो प्रयास रोजगार वृद्धिसम्बन्धी विश्लेषकहरूले पूर्वानुमान गरेभन्दा राम्रो भएको बताइएको छ ।
ठूला मझौला तथा साना सबै आकारका फर्महरूले नयाँ पद थपेका कारण निजी क्षेत्रमा नयाँ रोजगारीका अवसरमा वृद्धि देखिएको छ ।
सेवा क्षेत्रमा भएको अधिकांश वृद्धिमा महामारी प्रतिबन्धको कारण नराम्ररी प्रभावित भएका मनोरञ्जन र आतिथ्य प्रदायक व्यवसायहरू पनि समावेश रहेका बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया