जनकपुरमा मोदीलाई १२१ किलोको तीन माला लगाएर सम्मान

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाले सम्मान दिइएको छ । 

प्रधानमन्त्री मोदीलाई प्रदेशसभा २ का सरकार, जनकपुर उद्योग वाणिज्य संघ र वीरगन्ज उद्योग वाणिज्य संघले छुट्टाछुट्ट १२१ किलोको माला लगाएर सम्मान गरेका हुन् ।  

शुक्रबार जनकुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकका मेयर लालकिशोर साहले मोदीलाई अभिनन्दन गरेका हुन् । 

अभिनन्दन कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका भविश्यमुखी भएको कारण यसलाई आत्मसाथ गरि अघि बढ्न चाहेको बताएका छन् । उनले भने नेपाल–भारतको सम्बन्धको आधार भातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझादारी रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?