गन्दरबल । जम्मु काश्मीर सरकारले प्रसिद्ध स्वास्थ्य रिसोर्ट सोनमार्गलाई जाडोभर खुला राख्ने तयारी गरिरहेको छ। हिउँदमा भारी हिमपात र हिमपहिरोका कारण सोनामार्ग प्रायः ४ देखि ५ महिनासम्म पर्यटकका लागि बन्द रहने गरेको थियो।
तर, पछिल्लो समय सरकारले बन्द नहुने गरी पूर्ण खुला गर्ने तयारी थालेको हो । सोनामर्ग नजिकै जेड मोर सुरुङ परियोजनाको प्रगतिका कारण, गन्तव्य यो जाडोमा खुला रहने अधिकारीहरले जानकारी दिएका छन्।
डिभिजनल कमिश्नर काश्मीरका पीके पोलले बुधबार अधिकारीहरूको बैठकको अध्यक्षता गर्दै जाडोमा सोनामार्ग खुला राख्नको लागि गरिएको व्यवस्थाको समीक्षा गरेका छन्।
पोलले पर्यटक तथा स्थानीय यात्रुलाई कुनै असुविधा नहोस् भन्नका लागि विद्युत, पानी, दाउरा, स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न सबै विभागलाई निर्देशन दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया