काबुलमा सैनिक अस्पतालमा दुईवटा बम विस्फोट

लोकपथ
154
Shares

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक सैनिक अस्पतालमा दुईवटा बम विस्फोट र बन्दुकधारीले गोली चलाएका छन् ।

तालिबानका प्रवक्ताले पहिलो विस्फोट ४०० शैयाको सरदार दाउद खान अस्पतालको अगाडि भएको र दोस्रो सोही स्थानको नजिकै भएको बताएका छन् ।

Vehicles move along a road against the backdrop of smoke rising from the site of blast in Kabul on November 2, 2021.

सञ्चार माध्यमका अनुसार विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको बुझिएको छ भने धेरै घाइते भएका छन् ।

यस विस्फोटको तत्काल कसैले जिम्मेवारी लिएको छैन, तर अफगानिस्तानको बख्तर समाचार एजेन्सीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इस्लामिक स्टेट समूहका धेरै लडाकुहरू अस्पतालमा प्रवेश गरेको र सुरक्षा बलहरूसँग भिडन्त भएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?