जनकपुरमा मोदीलाई दिइने अभिनन्दन पत्र नेपाली भाषामा

जनकपुरधाम । नेपालको राजकीय भ्रमणका लागि भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुग्ने छन् । उनलाई जनकपुरमा दिइने नागरिक अभिनन्दन पत्रको भाषा नेपाली नै हुने भएको छ । 

मोदी भारतको पटनाबाट सीधै जनकपुर आउँनेछन् । त्यहाँ उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । 

यसअघि चार भाषामा अभिनन्दन पत्र हुने भन्ने खबर सञ्चारमाध्यममा आएपछि चौतर्फि आलोचना भएको थियो । 

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दनपत्र नेपाली भाषामा नै हुने जानकारी दिए । उनले भने, ‘ताम्रपत्र काठमाडौंबाटै नेपाली भाषामा बनेर आएको छ, दिने क्रममा हामी मैथिली भाषामा पढ्छौं ।,’ 

भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रम करिव ४० देखि ४५ मिनेटको हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?