दाङ । दाङको घोराही ७ कनरियाका बालबालिकाले उत्ताउलो र भड्किलो फेसन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्वर ७ ले बाल क्लव पूर्नगठनका लागी आयोजना गरेको बाल भेलामा उनिहरुले बालबालिकाले गर्ने भड्किलो फेसनका कारण बलात्कार, दूव्र्यवहार, लैंगिक हिँसा जस्ता घटना हुने गरेकाले आगामी दिन साधारण फेसन गरी समाजलाई परिवर्तन गर्ने बताएका हुन् । साथै मोवाईल फोनको दुरुपयोग रोक्न समेत बाल क्लवले काम गर्नुपर्ने उनिहरुको भनाई थियो ।
बिगतमा साथीको लहैलहमा लागेर बालविवाह समेत हुने गरेकोमा क्लवका माध्यमबाट त्यसलाई न्यूनीकरण गर्न तर्फ लाग्ने समेत उनिहरुले प्रतिवद्धता जनाएका छन् । कनरिया टोल बिकास संस्थाका अध्यक्ष अमृता बि.क.को अध्यक्षतामा भएको भेलाले सुस्मीता चौधरीको अध्यक्षतामा १३ सदस्सीय सुनौलो बिहानी बाल क्लव गठन गरेको छ ।
क्लवको उपाध्यक्षमा बिशाल डागी, सचिवमा आशा बि.क., कोषध्यक्षमा नितिशा आचार्य, सदस्यहरुमा पुष्पा चौधरी, अस्मीता चौधरी, सुभाष नेपाली, रक्षा नेपाली, शान्ता चौधरी, सृष्टीना नेपाली, करण रावत, डोमाकान्त पौडेल र नारायणी चौधरी रहेका छन् । यस्तै आज बिहिवार हनरियामा भएको भेलाले वर्षा चौधरीको अध्यक्षतामा ९ सदस्सीय हनरिया बालक्लव गठन गरेको छ ।
जसको उपाध्यक्षमा सागर चौधरी, सचिवमा खिमबहादुर चौधरी, कोषाध्यक्षमा हिरा चौधरी, सदस्यहरुमा बिन्दु चौधरी, पविता चौधरी, ललिता चौधरी, समिक्षा चौधरी र अमृत चौधरी रहेका छन् । बाल भेलाको सहजीकरण वडा कार्यालयका खरिदार हरिकुमार घिमिरे र सामाजिक परिचालक बिमल योगीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया