चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग विश्वकै शक्तिशाली व्यक्ति

काठमाडाैं : चीन राष्ट्रपति सि जिनपिङ्ग विश्वकै शक्तिशाली व्यक्ति बनेका छन् । विश्वका शक्तिशाली र धनी व्यक्तिहरूको सूची निकाल्ने फोर्ब्स पत्रिकाले सन् २०१८ का लागि सार्वजनिक गरेको सूचीअनुसार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलार्इ जिनपिङ्गले पछि पारेका छन् । पुटिन यसअघि ४ पटकसम्म फोर्ब्सको शक्तिशाली सूचीमा पहिलो नम्बरमा थिए । 

विश्वभरका ७ अर्ब मानिसहरूमध्येबाट फोर्ब्सले ७५ जना शक्तिशाली व्यक्तिहरूको सूची प्रकाशित गरेको हो । शक्तिको अाधार सम्बन्धित व्यक्तिको काम र बोलीको प्रभाव नै हो । 
 

को कुन स्थानमा : 

१. चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग

२. रूसी राष्ट्रपति भ्लादिमिर पुटिन

३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

४. जर्मन चान्स्लर एंगेला मर्केल

५. अमेजनका मालिक जेफ बेजोज

६. र्इसार्इ धर्मगुरू पोप फ्रान्सिस

७. मार्इक्रोसफ्टका बिल गेट्स

८. साउदी राजकुमार मोहम्मद बिन सलमान

९. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

१०. अल्फाबेटका सहसंस्थापक ल्यारी पेज

१२. फ्रान्सेली राष्ट्रपति र्इमानुयल म्याक्रोन

१३. फेसबुक मालिक मार्क जुकरबर्ग 

२१. अलिबाबा प्रमुख ज्याक मा

२४. एप्पलका सिर्इयो टीम कुक

३२. भारतीय व्यापारी मुकेश अम्बानी

३६. उत्तर कोरियाली नेता किम जोङ उन

३८. जापानी प्रधानमन्त्री सिन्जो अाबे

५४. दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन

६२. सिरियाली राष्ट्रपति बसर अल असद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?