र्इश्वरको नाममा सपथ खानेहरू समस्यामा

काठमाडाैं : विश्वभर नै, विशेषगरि सरकारी सेवा प्रवेश गर्दा सपथ लिनुपर्छ । सपथको वाक्यमा प्राय : 'र्इश्वर' उल्लेख गरिएको हुन्छ । केहि भाैतिकवादी र नास्तिक एवं अाफुलार्इ अग्रगामी करार गराउन चाहनेले 'र्इश्वर' शब्दको ठाउँमा 'देश' वा 'जनता' उच्चारण गरि सपथ लिन्छन् । पछिल्लो पटक, सपथमा र्इश्वको प्रवेश विश्वभर नै बहसको विषय छ । 

कसले कसको नाममा लिए : 
राष्ट्रपति विद्यादेवी भण्डारी : र्इश्वरको नाममा 
प्रधानमन्त्री केपी शर्मा अोली : देश र जनताका नाममा
उपराष्ट्रपति नन्दबहादुर पुन : शहीदका नाममा

नेपालको प्रतिनिधीसभा बैठकमा पनि, र्इश्वरको नाममा सपथ लिएकोमा असन्तुष्टि जनाउँदै एउटा सानो वाम दलले सरकारलार्इ र्इश्वर देखाउन माग गरेको छ । बुधबार संसदमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सपथको व्यहोरामा 'र्इश्वरको नाममा सपथ खानेछु' भन्ने वाक्यांशप्रति अापत्ति जनाउँदै सरकारसँग र्इश्वर खोजिदिन माग गरेका हुन् । 

''र्इश्वर छ भन्ने विश्वास गर्नले र्इश्वर यहाँ छन् भनेर देखाउनुपर्छ, नत्र देश र जनताको नाममा भनिसकेपछि र्इश्वरको नाम जपिरहनुपर्दैन,'' सुवालले थपे ''कि त सपथको व्यहोराबाट र्इश्वर शब्द हटार्इयोस्, कि सरकारले र्इश्वर खोजेर ल्यार्इदिनुपर्छ ।''

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?