३३ किलो सुन तस्करी प्रकरण : विश्वास गरेकाले नै फेरे बयान

मोरङ-साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका ३० जनामध्ये २९ जनाले बयान फेरेका छन् । शाक्यको हत्या र सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिमा दिएको भन्दा फरक बयान उनीहरूले जिल्ला अदालत मोरङमा दिएका हुन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा पाँच दिन लगाएर बयान सकिएको हो । कृष्ण भनिने नरेन्द्र कार्कीबाहेक सबैले बयान फेरेका हुन् ।

यो प्रकरणमा अधिकांशले जिल्ला अदालतमा बयान फेर्ने छानबिन समितिको अनुमान थियो । पक्राउ परेका बहालवाला प्रहरी जवान विष्णुबहादुर खड्का र भरिया कृष्ण भन्ने नरेन्द्र कार्की र थाई एयरवेजका टेक्निसियन हेल्पर संवीरप्रसाद तोलाङ्गेले भने बयान नफेर्नेमा सरकारी वलिक तथा प्रहरी ढुक्क प्रायः थियो । सोही विश्वासमा अभियोग दर्ताका क्रममा नै उनीहरूको हकमा अदालतसमक्ष साबिक बयान दिए, सजायमा ५० प्रतिशत छुटको माग समेत गरिएको थियो । तर, कार्कीबाहेक अन्य दुईले पनि बयान फेरेका छन्, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?