सोल : दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति पार्क गेउन हाई उपचारका लागि अस्पताल भर्ना भएकी छिन् ।
पूर्व राष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो ।
कारागारका अधिकारीहरूको नियन्त्रणमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी छिन् । पूरानो शारीरिक समस्या ढाड दुखाईको कारण पार्क अस्पताल भर्ना भएकी दक्षिण कोरियाका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति बनेकी थिर्इन् । तर पदको दुरूपयोग गर्दै पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको छ ।
आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाअभियोग लगाएको थियो । आफूलाई लगाइएको आरोपको पार्क र चाई दुवैले अस्वीकार गर्दै अाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया