ठाकुर बिरामी भएपछि पार्टी नै सुनसान

काठमाडौं – राष्ट्रिय जनता पार्टी नोपलका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा सुनसान देखिएको छ ।

पार्टीका गतिविधि शून्य झैं भएका छन् । 

गत वैशाख ८ गते बस्ने भनिएको राजनीतिक समितिको बैठक अझैसमम बस्न सकेको छैन । पार्टीले संसदीय दलको नेता पनि चयन गरेको छैन ।

भारतको मेदान्त अस्पतालमा मुटुको एञ्जिग्राफीको अप्रेसन गरेपछि ठाकुर अहिले सानोठिमीस्थित आफ्नो निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

उनले भेटघाट र छलफलका कार्यक्रम बन्द गरेका छन् । पार्टीका अन्य नेताहरुसँग पनि उनी सकेसम्म कम बोल्ने गर्छन् । आजको नागरिकले  समाचार छापेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?