मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग यस्तो छलफल

काठमाडौँ-प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५÷७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गर्नुभएको छ । 

मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रममाथि छलफल गर्नुभएको हो । 

सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको आजैको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । आगामी आवको बजेट भने जेठ १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?