पार्टी एकता रोकिन्नः विष्णु पौडेल

पाल्पा । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताएका छन् ।

प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताए ।

अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि बढाइएकाले एकता प्रक्रिया नरोकिने उनको भनाइ थियो ।

पार्टी एकताले देशमा अस्थिरताका साथसाथै भ्रष्टाचार, महिला हिंसा, बोक्सी प्रथा लगायतका बेथिति अन्त्यका लागि पनि ठूलो सहयोग हुने उहाँले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?