काठमाडौं । आफ्नै साथीको हत्या गरि फरार इलाम माङ्सेबुङ बाझोका २८ वर्षीय अदिमकुमार राई घटना भएको १३ वर्षपछि पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इलामकै पञ्चमी भन्ने स्थानबाट पक्राउ गरेको हो ।
ब्यूरो प्रवक्ता एस्पी मीरा चौधरीका अनुसार, २०६२ साल माघ १३ गते काठमाडौंको नयाँपाटीस्थित रामकृष्ण पण्डितको निर्माणधिन घरमा काम गर्ने क्रममा अभियुक्त अदिप लगायत तीनजनाको समूहले ईलाम चुलाचुलीका १८ वर्षीय महेश राईको कुटपिट गरी हत्या गरेका थिए ।
सोही हत्या मुद्धामा फरार भएका अदिपकुमारलाई ग्रामीणक्षेत्रमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरी थप कारवाहीका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया