काठमाडौं । गोंगबु नयाँबसपार्क पुल नजिकबाट १३ ग्राम लागूऔषध ब्राउन सुगर र एकलाख ३० हजार नगद सहित चारजना युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बर्दिया राजपुरका ३० वर्षीय पंकज पुरी, नुवाकोट बागेश्वरीका प्रदिप लामिछाने, गोरखा आरुचनौटका किरण श्रेष्ठ र वर्दिया मधुवनका थीरबहादुर बस्नेत रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग बसपार्कका अनुसार, लागूऔषध ब्राउनसुगर विक्री गर्न ग्राहक कुरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको छ । शंका लागि शरीर खानतलासी गर्दा १३.५ ग्राम ब्राउन सुगर, नगद, पाँचथान मोबाइल बरामद भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया