तेस्रो लिङ्गीलाई ठमेलबाट लखेट्ने अभियान, यसरी लुटिन्छन् ग्राहक

काठमाडौ । पर्यटकीय नगरी ठमेलक्षेत्रमा ‘तेस्रो लिङ्गी’ हरुलाई प्रवेश निषेध गरिएको छ । रात्रिको समयमा ठमेलमा आउने पर्यटक तथा सर्वसाधारणलाई लुट्न थालेपछि उनीहरुको प्रवेशमा निषेध गरिएको हो । 

ठमेल पर्यटक विकास परिषद्ले स्थानीय प्रहरी र पर्यटन ब्यवसायीहरु संगको सहकार्यमा प्रत्येक शुक्रवार र शनिवार साँझ आठवजेदेखि रात्रि १ वजेसम्म ठमेलको त्रिदेवीमार्ग, भिआइपी चोक, नरसिंहचोक, ज्याठामार्ग, कर्मचारी संचयकोषमा अनुगमन तथा गस्ती गर्ने गरेको छ । 

तेस्रो लिङ्गीहरुलाई ठमेल प्रवेश गर्न नदिन ठमेल परिषद्ले छुट्टै पोशाकमा सजिएका युवाहरु परिचालन गरेको छ । परिषद्का अध्यक्ष समिर गुरुङ तेस्रो लिङ्गीका कारण ठमेलक्षेत्रमा अपराधजन्य विकृति बढेपछि निषेध नै गर्नु पर्ने अवस्था आएको बताउछन् । 

रात्रिकालिन मनोरञ्जनका साथै पर्यटकको रुपमा ठमेल आउने स्वतन्त्रता सबैलाई छ उनी भन्छन–तर पर्यटकीय नगरी ठमेललाई अपराधको अखडा बनाउन त पाइएन नि । तेस्रो लिङ्गीलाई ठमेलबाट लखेट्ने आफ्नो अभियान निरन्तर जारी रहने भनाई उनको छ । 

महानगरीय प्रहरी बृत सोह्रखुट्टे र दरवारमार्गले पनि ठमेल र दरवारमार्गक्षेत्रमा तेस्रो लिङ्गीमाथि निगरानी बढाउनका साथै पक्राउ गर्न थालेको छ । रात्रिकालिन समयमा सुन्दर युवतीको रुपमा मनोरन्जन गर्न सडकमा देखिने तेस्रो लिङ्गीहरुले वगली मार्ने, पैसा चोर्ने र लुट्ने गरेका छन् । 

ठमेलको ज्याठा गल्ली, त्रिदेवीमार्गमा गत पुस, माग, फागुन र चैत महिनामा लगातार लुटपाट तथा पकेटमारि भएको थियो । सो घटनापछि ठमेल पर्यटक परिषद्ले स्थानीय प्रहरी र पर्यटन ब्यवसायीसंग सहकार्य गरी पर्यटकीय क्षेत्रमा तेस्रो लिङ्गीलाई ‘नो इन्ट्रि’ को ब्यवस्था गरेको हो । 

कसरी लुटिन्छन –सर्वसाधारण
आकर्षक पहिरन, गाढा मेकअपसंगै तेस्रो लिङ्गीहरु सुन्दर युवतीको भेषमा ठमेल तथा दरवारमार्ग लगायतका नाइट क्लव, डिस्को, दोहोरी, डान्स र लाउन्जबार छिर्ने गर्छन । त्यहाँ खानपानसंगै रमाइलो गरिरहेका युवाहरुलाई आफूप्रति आकर्षिक गर्छन । 

रात्रिकालिन समयम मदिराको मात र जवानीको उन्मातसंगै सर्वसाधारण तेस्रो लिङ्गीहरुलाई युवतीकै रुपमा ठम्याउन पुग्छन । एक रात विताउने र रमाइलो गर्ने गरी वार्तालाप गर्छन । वार्तालापमा सहमति भएपछि होटल जाने भन्दै उल्टै तेस्रो लिङ्गीले आफ्नै स्कुटर तथा मोटरसाइकलमा राखेर काठमाडौंको एकान्त स्थानमा लिएर लुटपाट गर्छन । 

महानगरीय प्रहरी बृत सोह्रखुट्टेका अनुसार, नगद भएको तथा सिक्री लगाएको ब्यक्ति भेट्ने वित्तिकै तेस्रो लिङ्गीहरुले फकाइ फूलाई गरी ट्याक्सी प्रयोग गरी पनि लुट्छन । यौनजन्य विकृति त छदैछ । त्यसमाथि पनि यौन सम्वन्धको प्रलोभन पारी कुट्ने र लुट्ने जस्ता विकृति बढी देखा परेका छन् । प्रहरीका अनुसार, लुट्न उनीहरु मोटरसाइकल लिएर नै आउने गर्छन । 

को हुन –तेस्रो लिङ्गी 
नेपाली समाजमा तीन किसिमका तेस्रो लिङ्गीहरु भेटिएका छन् । सामान्य भाषामा हिंजडा, छक्का, नपुंशक आदि । सम लिङ्गीहरु समान लिङ्गीहरुबीच सम्वन्ध राख्ने गर्छन । जस्तो महिला–महिलाप्रति र पुरुष महिला बन्ने इच्छा राख्छन र पुरुषप्रति आकर्षित हुन्छन । 

तेस्रो लिङ्गीको अधिकार र पहिचानका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निल हिरा समाजका अनुसार, समलिङ्गीलाई ‘होमो सेक्स’ समेत भन्ने गरिन्छ ।  समलिङ्गी महिलाहरु महिला भएपनि पुरुषको हाउभाउमा सजिसजाउ हुन्छन । उनीहरु पुरुषप्रति होइन महिलाप्रति बढी आकर्षित हुन्छन । 

त्यस्तैं, पुरुषहरु पुरुष भएर पनि महिलाप्रति आकर्षिक हुन सक्दैन । उनीहरु पुरुषप्रति आकर्षिक हुन्छन । महिलाहरुको भेषभेषामा बढी सजिसजाउ हुन चाहन्छन । सामान्य भाषामा ‘हिजंडा’ भन्ने गरेको पाइन्छ । पुरुष तेस्रो लिङ्गीलाई ‘गे’ र महिला तेस्रो लिङ्गीलाई ‘टा’ भन्ने गरिन्छ । 

कतिपय नेपाली ‘गे’ हरुले बैंककबाट लिङ्ग परिवर्तन गर्नुका साथै बच्चा पाउन पाठ्यघर समेत राखेर आएको पाइएको छ । तर, सफल भने हुन सकेको छैन । ‘टा’ हरुले पनि शारीरिक हर्मोन बढाउने औषधिको प्रयोग गर्नुका साथै पुरुष बनेर आउने गरेका छन् । 

नपुंसक अथार्त जन्मजात नै भाले र पोथी नछुटिएका ‘पहिचान नभएका’ हरु पनि त्यतिकै मात्रामा रहेका छन् । नेपाली समाजमा यस्ता ब्यक्तिलाई ‘छक्का’ भन्ने गरेको पाइन्छ । तर, नेपाली समाजमा यस्ता ब्यक्तिको संख्या थोरै रहेको अनुसन्धानले देखाएको छ । २०६८ सालको जनगणना अनुसार, यस्ता ब्यक्तिहरुको जनसंख्या पाँचहजार रहेको उल्लेख छ । 

किन लुट्छन–तेस्रो लिङ्गीहरु
पूर्वसभासद शुनिलबाबु पन्तका अनुसार, तेस्रो लिङ्गीहरुलाई नेपाली समाजले अझै सम्मान गर्न सकेको छैन । छोरा–छोरीमा फरक अवस्था देख्ने वित्तिकै परिवारले नै घरबाट नै लखेट्दिन्छन । समाजबाट तिरस्कृत हुन्छन । 

यस्तो संकटपूर्ण अवस्थामा उनीहरु बाँच्नका लागि शहर पस्ने गर्छन । शहरमा पनि उनीहरुको बाँच्नका लागि मुख्य आधार नै त्यही सडक हो । सडकमा भेटिने ग्राहकहरुसंग सम्वन्ध विस्तार गर्न उनीहरु आकर्षक युवतीको रुपमा प्रस्तुत हुन्छन । 

तर, वास्तवमा उनीहरु युवती हुदैनन् । कुनै ब्यक्ति युवती ठानेर उसंगै जाँदा ‘आफू ठगिएको र लुटिएको’ भन्छन । अधिकारकर्मीहरु भन्छन–लुट्नु र लुटाउनुमा दुईटै पक्षकधो गल्ती छ । तेस्रो लिङ्गी समेत नचिन्नेहरुका कारण अपराध बढी रहेको छ । 

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्ल राजधानीका पर्यटकीयक्षेत्रमा तेस्रो लिङ्गीहरुको समस्या चूनौतिपूर्ण रहेको बताउछन् । अप्रिल र मे नेपालमा पर्यटक आगमनको महत्वपूर्ण अवसर हो । सोही समयमा नै तेस्रो लिङ्गीहरु विदेशी खोज्दै जाने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?