काठमाडौं : आगामी आर्थिक बर्षको बजेट तयारीबारे छलफल गर्न अर्थ मन्त्री डा. युवराज खतिवडाले मंगलबार अर्थ मन्त्रालयमा बजेट छलफल कार्यक्रमलाई अधिकांश पूर्वअर्थमन्त्रीहरुले बहिस्कार गरिदिएका छन ।
बजेट निर्माणपूर्व हरेक बर्ष अनिवार्य रुपमा बजेट छलफल गरिन्छ । तर, आगामी बर्षको बजेट छलफलमा सत्तारुढ एमाले र माओवादीतर्फकै पूर्वअर्थमन्त्रीहरु खतिवडाले डाकेको बैठकमा आएनन् । कांग्रेसका त कुनै पनि अर्थमन्त्री सो छलफलमा सहभागी भएनन, कान्तिपुर दैनिकमा खबर छ ।
खतिवडाले बोलाएको बजेट छलफलमा पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराई, चुनावी मन्त्रीपरिषदका अर्थमन्त्री शंकर कोईराला र पूर्वराजा ज्ञानेन्द्र अध्यक्षताको मन्त्रीपरिषदका अर्थमन्त्री रुप ज्योति मात्र सहभागी थिए । भट्टराईले सुरुमै आफ्ना सुझाव राखि बाहिरिए ।
बजेट तयारीबारे अर्थमन्त्रीले हरेक बर्ष पूर्वअर्थमन्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग छुट्टाछुट्टै छलफल राखेर सुझाव लिने चलन छ । तर, यो पटक अर्थमन्त्री खतिवडाले सवैलाई एकैपटक छलफलमा बोलाएका हुन ।
पूर्वअर्थमन्त्रीहरुले बजेट छलफल बहिस्कार गरेपनि अर्थ मन्त्रालयले चाहिँ बजेट छलफल सम्पन्न भएको दाबी गरेको छ ।
बजेट तयारीमा एमाले हाबी भएको जनाउँदै मंगलबारकै दिन बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको थियो । यसबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्ने आश्वासन प्रचण्डले दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया