इनरुवा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–४ नहर चोकमा आज साँझ भएको ट्रक दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय मनोज मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ८६२० नम्बरको ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा मेहता गम्भीर घाइते भएका थिए । मेहताको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
दुर्घटनमा मोरङ सुन्दरहरैचा–९ का टेकबहादुर विक र रामधुनी नगरपालिका–१ इकराहीका अजय उराँव पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया