काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धार्मिक भड्काव ल्याउन अाफुमाथि अाफ्नै योजनामा गोली प्रहार गरेका भनिएका धर्मगुरू श्रीनिवासाचार्यको गोलीकाण्ड प्रकरणको स्वतन्त्र छानबीन हुनुपर्ने माग राखेका छन् ।
धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफुमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ।यदि सत्य हो भने, श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ।बिषयको गांभिर्यतालाई दृष्टिगत गर्दै सरकारले स्वतन्त्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दछु
— Kamal Thapa (@KTnepal) May 8, 2018
'विषयको गाम्भिर्यतालार्इ दृष्ट्रिगत गर्दै सरकारले स्वतन्त्र छानबीन गरि सत्यतथ्य सार्वजनिक गर्न अाग्रह गर्छु,' थापाले सामाजिक सञ्चाल ट्वीटरमा लेखेका छन् ।
थापाले अगाडी लेखेका छन् ''धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफुमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ। यदि सत्य हो भने, श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ।''
अाचार्यमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो । उनीमाथि गोली प्रहार भएपछि राप्रपाको नेतृत्वमा बिभिन्न जिल्लामा हिन्दुवादीहरूले नारावाजी र आन्दोलन समेत चर्काएका थिए ।

तर घटनाले अर्कै मोड लियो जतिबेला श्रिनिवासलार्इ गोलि हान्ने २ जना प्रहरीेले पक्राउ गर्यो । पक्राउ परेका दुवै जनाले श्रीवासाचार्यको पोल खोले । पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा प्रहरीले सोमबार धर्म गुरू श्री निवासाचार्यलार्इ पनि नियन्त्रणमा लिएर अनुसन्धान बढाएको छ ।
यस अघि निवासाचार्यलार्इ गोलि हानेको अभियोगमा पक्राउ परेका लक्ष्मीराज अधिकारी र माधव चौधरीले आफुहरूलाइ गोलि हान्न सिकाउने र अराउने स्वयम धर्म गुरू ने रहेको प्रहरी समक्ष बयान दिएपछि सोमबार गुरूलाृइ पनि पक्राउ गरी सार्वजनिक गरीएको हो । घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित बिशेष प्रहरी अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो, १ नं प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य ब्यक्ति प्रयोग गरी गोली हान्न लगाएको खुलेपछि निवासाचार्यलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
एसपी बिसीका अनुसनर पटक पटक मुलुकलाृइ हिन्दु राज्य घोषणा गर्न माग गर्दा सरकार गम्भिर नभएपछि र बिभिन्न समयमा गरीएको आन्दोलनले सार्थकता नपाएपछि जनता र धर्मगुरूहरूलाई उक्साउनकोलागि गुरू श्रीनिवास आचार्यले आफ्ना बिश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली सहित हतियारको ब्यवस्थापन गर्न लगाई गोली समेत हान्न लगाएको अनुसन्धानको क्रममा खुलेको हो । पक्राउ परेका भरतपुर ४ बेल चोक बस्ने बर्ष २९ को माधब चौधरीले धर्म र देशका लागि केहि गर्नुपर्छ भन्दै आफैले उक्साएर गोलि हान्न लगाएको प्रहरी समक्ष बयान दिएका छन ।
अभियुक्तहरूको बयानपछि प्रहरी नियन्त्रणमा रहेका धर्म गुरू श्री निवासाचार्य माथी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले बताए ।
श्रीनिवाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका हुन् । स्रोतका अनुसार दुई सहयोगीले उनलाई विमानस्थलमा पुर्याएर फर्किएपछि उनी विमानस्थलभित्रबाट पक्राउ परेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया