भारतद्वारा अग्नि–५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

RSS
175
Shares

काठमाडौं । भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि–५ को सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७:३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो ।

तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको सटीकताका साथ ५,००० किलोमिटरसम्मको लक्ष्यमा प्रहार गर्न सक्षम रहेको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले अग्नि–५ को सफल परीक्षण भारतको विश्वसनीय न्यूनतम प्रतिरोध को नीति अनुरूप छ जसले पहिले प्रयोग नगर्ने प्रतिबद्धतालाई जोड दिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?