काठमाडौं । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
बेलायतमा गएको २४ घन्टामा अर्थात् बुधबार ४३ हजार ९४१ जनामा यो संक्रमण देखिएको हो ।
त्यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।
बेलायतका स्वास्थ्य अधिकारीले त्यहाँ
धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको पुष्टि गरेका छन् ।
योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८८ लाख ९७ हजार भन्दा बढी पुगेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया