सुनसरी । चर्चामा आउन मान्छे के गर्न पछि पर्दैनन ? धेरै उदहारण हामि माझ प्रसस्तै छन् तर एक हिन्दु धर्मका धर्म गुरूले भने आफ्नै ज्यानको बाजि लगाएर चर्चामा आउने प्रयास गरेका छन् । उनि चर्चामा पनि आए तर उनको पोल यति छिटो खुल्छ भन्ने कसैलार्इ अनुमानै थिएन । चैत २५ गते बिहान पौने २ बजे बिराटनगर १४ जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद् भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा नं ६ चक्रघटी बस्ने श्री निवास आचार्यलाई गोली प्रहार भएको थियो ।
धर्म गुरूमाथी भएको गोली प्रहारले जिल्ला , प्रदेश मात्र हैन केन्द्रीय सरकार समेत हल्लियो । बिभिन्न जिल्लामा हिन्दुवादीहरूले गुरूको पक्षमा नारावाजी र आन्दोलन समेत चर्काए । तर घटनाले अर्कै मोड लियो जतिबेला श्रिनिवासलार्इ गोलि हान्ने २ जना प्रहरीेले पक्राउ गर्यो । पक्राउ परेका दुवै जनाले श्रीवासाचार्यको पोल खोले । पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा प्रहरीले सोमबार धर्म गुरू श्री निवासाचार्यलार्इ पनि नियन्त्रणमा लिएर अनुशन्धान बढाएको छ ।
यस अघि निवासाचार्यलार्इ गोलि हानेको अभियोगमा पक्राउ परेका लक्ष्मीराज अधिकारी र माधव चौधरीले आफुहरूलाइ गोलि हान्न सिकाउने र अराउने स्वयम धर्म गुरू ने रहेको प्रहरी समक्ष बयान दिएपछि सोमबार गुरूलाृइ पनि पक्राउ गरी सार्वजनिक गरीएको हो । घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित बिशेष प्रहरी अनुसन्धान टोलीले प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो, १ नं प्रदेश प्रहरी कार्यालय, संघिय प्रहरी ईकाई कार्यालय धरान तथा जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य ब्यक्ति प्रयोग गरी गोली हान्न लगाएको खुलेपछि निवासाचार्यलार्इ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
एसपी बिसीका अनुसनर पटक पटक मुलुकलाृइ हिन्दु राज्य घोषणा गर्न माग गर्दा सरकार गम्भिर नभएपछि र बिभिन्न समयमा गरीएको आन्दोलनले सार्थकता नपाएपछि जनता र धर्मगुरूहरूलाई उक्साउनकोलागि गुरू श्रीनिवास आचार्यले आफ्ना बिश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोली सहित हतियारको ब्यवस्थापन गर्न लगाई गोली समेत हान्न लगाएको अनुसन्धानको क्रममा खुलेको हो । पक्राउ परेका भरतपुर ४ बेल चोक बस्ने बर्ष २९ को माधब चौधरीले धर्म र देशका लागि केहि गर्नुपर्छ भन्दै आफैले उक्साएर गोलि हान्न लगाएको प्रहरी समक्ष बयान दिएका छन ।
अभियुक्तहरूको बयानपछि प्रहरी नियन्त्रणमा रहेका धर्म गुरू श्री निवासाचार्य माथी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुणकुमार बिसीले बताए ।
श्रीनिवाचार्य भारतको राजधानी नयाँ दिल्ली जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सोमबार पक्राउ परेका हुन् । स्रोतका अनुसार दुई सहयोगीले उनलाई विमानस्थलमा पुर्याएर फर्किएपछि उनी विमानस्थलभित्रबाट पक्राउ परेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया