पर्सामा प्रहरीमाथि अाक्रमण, ५ घार्इते, २७ राउन्ड गोली चल्यो

भवानीपूर (पर्सा) : पर्सा जिल्लाको जिार भवानीपूर गाउँपालिका १ मा जनप्रतिनीधिको नेतृत्वमा स्थानीयले प्रहरीमाथि अाक्रमण गरि ५ जनालार्इ घार्इते बनाएका छन् ।   

ट्राफिक नियम मिच्दै मादकपदार्थ सेवन गरि एउटै मोटरसार्इकलमा ४ जनासम्म हिँडिरहेका भारतीय नागरिक र दुर्इजना मोबार्इल चोरलार्इ पक्राउ गरेपछि जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चाैधरीको नेतृत्वमा स्थानीयले प्रहरीमाथि अाक्रमण गरेको जनार्इएको छ । त्यसअघि उनीहरू ती व्यक्तिहरूलार्इ छुटाउन गएपनि प्रहरीले र्इन्कार गरेको थियो । 

स्थानीय चिनीमिलचोकमा झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले २६ राउन्ड हवार्इ फायर गरेको जनाएको छ। ५ प्रहरी घार्इते भएका छन् । जिप्रका पर्साबाट खटिएका प्रनानी राजेश चाैधरी, प्रसनि गोपाल खड्का, र्इप्रका पोखरियाका प्रसनि सुकेश्वर महतो, पाडेपुर प्रहरी चाैकीका हवल्दार अालोक बैठा र सुवर्णपुर चाैकीका प्रहरी जवान जयप्रकाश यादव घार्इते भएका हुन् । 

प्रहरीले अार्इतबार साँझ मोबार्इल चोरीमा संलग्न अारोपति सुपा लामा र दिनेश लामालार्इ नियन्त्रणमा लिएको थियो । यस्तै, मदिरा सेवन गरि एउटै मोटरसार्इकलमा ४ जना बसेर यात्रा गर्ने भारत बेतियाका बजरंगी गाैरो, रामप्रवेश गाैरो, बिष्णु गाैरो र दिनदयाल महतो पनि प्रहरी नियन्त्रणमा थिए । उनीहरूलार्इ छुटाउन गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा प्रहरीमाथि हुलहुज्जत गरिएको हो । 

प्रहरी नियन्त्रणमा रहेकालार्इ छुटाउन भन्दै प्रहरी चाैकी पुगेकासँग विवाद भएपछि प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । यही निहुँमा उनीहरूले र्इलाका प्रहरी कार्यालयको प्रतिक्षालय र प्रहरीको मोटरसार्इकल समेत तोडफोड गरेका छन् । मोबार्इलचोर र मदिरासेवन गर्नेलार्इ छुटाउन पुगेकाहरूले प्रहरीको बा २ ब ५७०५ र ना १४ प ४५७७ नम्बरको दुर्इवटा मोटरसार्इकलमा अागजनी गरेका छन् । यस्तै, जिप्रका पर्साको गाडीमा समेत तोडफोड भएको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?