काठमाडौँ- विक्रम संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबारका दिन सङ्ख्या १ भनी साप्ताहिक अखबारका रूपमा गोरखापत्रको पहिलो अङ्क प्रकाशन भएको थियो ।
गोरखापत्र संस्थानले आफ्नो साथमा रहेको यो दुर्लभ अङ्क गत वर्ष संरक्षणार्थ राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरेको थियो ।
राष्ट्रिय अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार दैनिक चारजना पाठक गोरखापत्रको पहिलो अङ्क अध्ययन र अवलोकनका लागि आउने गरेका छन् । अभिलेखालयले निश्चित राजस्व लिएर यसको प्रतिलिपि उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया