काठमाडौं– अज्ञात समूहको गोली प्रहारवाट घाइते भएका तर हाल ठीक भएका वाल सन्त श्रीनिवासाचार्य काठमाडौं आएका छन् ।
काठमाडौं आएको बेला उनलाई आइतबार एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भेटमा डा लोहनीले अझैंपनि अपराधी पत्ता लगाउन नसक्नुले सरकारको सुरक्षामाथि प्रस्न उठेको बताए । साे क्रममा उनले तत्काल अपराधि पत्क्राउ परेर कानूनी कारबाही गर्न अाग्रह गरे ।
यसैबीच श्रीनिवासाचार्य भोलि भारतको नयादिल्ली तर्फ प्रस्थान गर्ने भएका छन् । थप उपचारको लागि उनी त्यसतर्फ जान लागेकाे बताइएकाे छ ।
उनीमाथि गत चैत २४ गते राति विराटनगरस्थित बस्दै अाएकाे मन्दिरमा अज्ञात अज्ञात समूहले गाेली प्रहार गरेकाे थियाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया