खहरे खोलाले बगाउँदा  ५ जनाको मृत्यु

बझाङ – शनिबार आएको अविरल बर्षाका कारण आएको खहरे खोलाले बगाउँदा  ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थलारा गाउँपालिका ४ का ३० वर्षीय हर्क विक, हर्क विककी श्रीमती २५ वर्षीय डल्लीदेवि विक, बर्ष ३५ की कलसा विक, बर्ष १२ की मनिसा विक र बर्ष ३ को सक्षम विक  रहेका छन् । 

स्थानिय बजार ढोड्याखेत बाट घर फर्कने क्रममा गाँउको बिचमा भएर बग्ने बुको  खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खहरे खोलाले बगाएका ५ जना सबैको शव फेला परेको छ ।

केहि दिन यता बझाङ जिल्लामा लगातार आएको असिना तथा अविरल बर्षाका कारण बालीनालीको नष्ट भइ भोकमरी हुने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?