काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका ७३ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आइतवार आयोजित विशेष समारोहमा उनले २०७५ बैशाख २० गते प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
कर्मचारी प्रशासन शाखाका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार, प्रहरी निरीक्षक र प्रहरी हवल्दारको बढुवा प्रक्रिया सम्पन्न एलगत्तै असईबाट सई लगायत अन्य दर्जाको बढुवा प्रक्रिया शुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया