घुम्ती टोलीद्वारा रुकुम पूर्वका हिमाली वडाहरुमा नागरिकता वितरण !

रुकुम पूर्व – पुथा उत्तरगंगा गाउँपालिकाका विकट वडाहरुमा घुम्ती टोलीद्वारा नागरिकता वितरण भएको छ । सहायक सिडियो गोकर्ण बहादुर पुनको नेतृत्वमा आएको घुम्ती टोलीले पुथा उत्तरगंगाका हिमाली वडाहरूमा एक हप्ता देखि नागरिकता वितरण गरिरहेको छ ।

सयाैं शारीरिक रुपमा असक्त जनता तथा युवाहरुले सहज वातावरणमा नागरिकता पाएकोमा निकै गर्व गरेका छन् । यहाँ देखि अस्थायी सदरमुकाम रुकुमकोट जाँदा आउँदा प्रति व्यक्ति करीब १२/१५ हजारको हाराहारीमा खर्च हुने गर्छ ।

यस जटिल प्रकृयामा नपरिकन निकै सहज रूपमा नागरिकता पाएकोमा चिउचरी कामी हर्षित छिन् । उनी शारीरिक रुपमा असक्त पनि छिन् ।

त्यस्तै जुक्मा दमाई जसको घर पनि सबै दलितहरुले झारा गरेर बनाइएको थियो । उनको नागरिकता १ नम्बर वडा कार्यालयले निशुल्क रूपमा बनाउने प्राबधान मिलाएको कुरा जिल्ला समन्वय समितिका उपप्रमुख भिम कुमारी पुनले बताइन् । शारीरिक रुपमा असक्तहरुका लागि यो घुम्ती टोली वरदान सावित भएको छ । 

यो घुम्ती टोलीको मैत्रीपूर्ण कामले ठूलो उपकारको काम भएको भनेर गर्व गर्छन् ७५ बर्षीय विन्द्रमान बुढा । उनको पुरानो नागरिकता तम्सुक जस्तो थियो । जस्को छेउमा पूरानो राष्ट्रिय गान श्रीमान गम्भीर लेखिएको थियो । जुन च्यातिएर धुजा धुजा भएको थियो । यसैले बृद्धभत्ता लिँदा निकै असहज हुने कुरा उनले बताए । उनले सदरमुकाम जाने अवस्था नभएको तर यो सहज वातावरणमा प्रतिलिपी निकाल्न पाउँदा अथाह खुशि भएको बताएका छन् । यसै खुशीमा घुम्ती टोलीलाई बाजागाजा सहित विदाई गरिएको छ । 

विदाईको क्रममा सहयक प्रजिअ गोकर्ण बहादुर पुनले आजभन्दा ३६ बर्ष अगाडि मैकोट आएको र यो वडा निकै परिवर्तन भएको बताएका छन् । उनले यो दुई दिनमा १५७ जनाले नागरिकता पाएको बताएका छन् । यो भन्दा अघि ६ , ५ र २ मा सेवा प्रधान गरिएको थियो ।

स्मरणरहोस् पुथा उत्तरगंगा गापा वडा नं १ , २ , ३ ,४ , ५ , ६ र ७ वडा लाभान्वित हुनेछन् । अब ३ , ४ र ७ वडामा गएर सेवा प्रधान गरिने सहायक प्रजिअले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?