काठमाडौं – वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ। द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो।
उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितरणसहितको रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टमा सन् २०१७ मा नेपालको सैन्य खर्च ३८६ मिलियन डलर अर्थान् ४० अर्ब ३८ करोड २० लाख रुपैयाँ भएको छ।
सन् २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ थियो भने २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रहेको उल्लेख छ। रिपोर्टमा नेपालको सैनिक खर्च १० वर्ष अघिको तुलनमा तीन गुणाले बढेको देखाएको छ। सन् २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख छ।नागरिक दैनिकमा खबर छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया