बर्सेनि लाखौं नेपालीको हुँदैन रोग पहिचान

काठमाडौं- नेपालमा वार्षिक लाखौं बिरामीको रोग पत्ता नलाग्ने गरेको सरकारी रिपोर्टले देखाएको छ।
 ज्वरो आएर अस्पताल पुग्ने बिरामीको रोग नै पहिचान हुन नसकेको हो। ०७२७३ मा स्वास्थ्य परीक्षण गराएकामध्ये आठ लाख ५० हजार बिरामीको रोग नै पत्ता नलागेको सरकारी तथ्यांक छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले गुणस्तरीय प्रयोगशाला नहुँदा लाखौँ बिरामीको रोग पहिचान हुन समस्या भएको बताए।

०७२७३ मा मात्रै साढे आठ लाख बिरामीको रोग पहिचान नभएको बताए। सरकारी र निजी अस्पतालहरूबाट प्राप्त रिपोर्टका आधारमा महाशाखाले तथ्यांक तयार पारेको हो। चिकित्सकहरूका अनुसार रोग पहिचान नहुने समस्या अधिकांश ज्वरोका बिरामीहरूमा देखिने गरेको छ। ज्वरो आउनुको कारण प्रयोगशाला रिपोर्टले नदेखाएपछि रोगको परीक्षणमै समस्या हुने गरेको छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?