काठमाडौँ, २३ बैशाख- जलविद्युत् क्षेत्रमा लगानी जोखिम निर्धारणका विभिन्न सूचकांकको आधारमा विश्लेषण गर्दा दक्षिण एसियामा नेपालको अवस्था सबैभन्दा कमजोर देखिएको छ ।
अमेरिकी सहयोग नियोग (यूएसएआईडी) को साउथ एसिया इनिसिएटिभ (इनर्जी–सारी-ई)ले दक्षिण एसियाको विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा लगानी प्रवद्र्धनका लागि तयार पारिएको लगानीको मार्गचित्र र निर्देशिकासम्बन्धी प्रतिवेदनले नेपालको अवस्था दक्षिण एसियाभित्र सबैभन्दा कमजोर देखाएको छ ।
कमजोर लगानी जोखिम निर्धारणमा नेपाल देखिएको छ । लगानी जोखिम निर्धारणअन्तर्गत लगानी प्रबद्र्धन र सुरक्षाको आधारमा गरिएको विश्लेषणमा छ । सूचकांकमध्ये तीन सूचकांकमा नेपालको अवस्था कमजोर र एकमा अति कमजोर देखाइएको छ । दक्षिण एसियाका नेपालसहित भारत, वंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, भुटान र माल्दिभ्समा एफडीआई सहजीकरण, सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्गचित्र, कर र प्रोत्साहन, नीति र नियमन, कानुन र विवाद समाधान र स्थानीय अनुमोनका आधारमा लगानी जोखिम निर्धारण गरिएको छ । प्रतिवेदनमा उल्लेख यी ६ मध्ये कुनै सूचकांकमा नेपालो सबैभन्दा बलियो छैन, कारोबार दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया