काठमाडौंका यी १० ठाउँमा बन्दैछ आकाशेपुल

काठमाडौं- काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल  निर्माण गर्ने भएको छ ।

व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् ।

करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् ।

कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको   जनाएको छ । यसबारे आजको नेपाल समाचारपत्रमा समिाचार छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?